arrow

रुकुमपश्चिमको आठबीसकोटमा ट्याक्टर दुर्घटना 

ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु, नौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
accident-1.jpg
फाइल तस्बिर

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । 

ट्याक्टरमा जस्तापाता रहेको जनाइएको छ । 

दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । 

यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिब १०:१५ बजे भएको कार्यालयले जनाएको छ । दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । 

घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट– ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उक्त ट्याक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ