arrow

ट्रम्प चुनाव लड्न अयोग्य, सर्वोच्चमा अपिल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
trump-canan-2023.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्पलाई कोलोराडोको अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।

अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो । 

सर्वोच्च अदालतले ४–३ मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिबन्धित गर्ने १४ औँ संशोधनको धारा ३ को प्रावधान अन्तर्गत ट्रम्पलाई प्रतिबन्ध लगाइएको बताएको छ ।

 कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सुचीबद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । 

कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी विरोध भइरहेको छ । यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । 

ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ