arrow

मानव धर्मद्वारा भूकम्प प्रभावित २६ सय घरधुरीलाई राहत वितरण

देउसी भैलो खेलेर सङ्कलन गरेको रकम भूकम्प पीडितलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
manav-dharma-rahat.jpg

काठमाडौँ। नेपाल मानव धर्म सेवा समितिले जाजरको भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । समितिले जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री वितरण गरेको हो । 

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का झन्डै १८ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं १ र २ मा ८ सय घरधुरीलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको समितिले जनाएको छ ।

तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिहरूबाट सङ्कलित रकमले राहत सामग्री वितरण गरिएको समितिका राष्ट्रिय कार्य समिति उपाध्यक्ष टेक बहादुर थापाले जानकारी दिए। 

भूकम्प पीडितहरूका लागि जाडोबाट जोगिन ब्ल्याङकेट तथा चामल, तेल, दाल, चिउरा लगायतका खाद्य सामग्री वितरण गरिएको हो । 

भूकम्प प्रभावित दुई जिल्ला मध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा बढी मानिसको मृत्यु हुनुको साथै करौडौंको जनधनको क्षति भएको छ । त्यसैले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका प्रणेता सतपालजी महाराजका जेष्ठ सुपुत्र तथा अन्तर्राष्ट्रिय आध्यात्मिक युवा व्यक्ति विभूजी महाराजको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । 

राहत वितरणका क्रममा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वागत गर्दै मानवताको यो महान् अभियानलाई निरन्तरता दिएकोमा धन्यवाद दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ