arrow

सडकका छाडा चौपाया व्यवस्थापनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण 

logo
मणि गैह्रे
प्रकाशित २०८० पुष ७ शनिबार
Kapilvastu-pm prachanda.jpg

काठमाडौँ । छाडा चौपाया व्यवस्थापनका लागि कपिलवस्तुका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

छाडा चौपायf जिल्लाकै प्रमुख समस्याकारुपमा रहँदै आएको छ । बुद्धभूमि नगरपालिकाले ढेड वर्ष अघिदेखि छाडा चौपया व्यवस्थापनका लागि गब्दाहवामा स्थान छनोट गरि पहल र तयारी गरेपनि वनको अवरोधका कारण अझै काम हुन सकेको छैन । 

छाडा चौपायका व्यवस्थापनमा ठोस पलह गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य र मेयर्स क्लवका अध्यक्ष तथा बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन् । 

मेयर्स क्लवका अध्यक्ष श्रेष्ठले छाडा चौपाय व्यवस्थापनका लागि आफूहरुले डिभिजन वन र लुम्बिनी प्रदेश कार्यालयमा पहल गरेपछि निष्कर्ष ननिस्किएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । 

वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालका अनुसार छाडा चौपाया ब्यवस्थापनका लागि पहल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको बताए । 

सो अवसरमा जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा रु. २२ लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो । 

संघीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले छाडा चौपाया कपिलवस्तुसहित तराईका धेरैजसो जिल्लामा समस्यामा रहेको बताए । उनले अब भने कपिलवस्तुमा छाडा चौपायका समस्या चाडै समाधान हुने विश्वास व्यक्त गरे । 

टोलीमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह र विजयनगर गाउँपालिका प्रमुख गोपाल थापा लगायत थिए ।

छाडा चौपायाको समस्या बढ्दै जाँदा सबैभन्दा बढी कृषकहरु समस्यामा परेका छन् भने सवारी दुर्घटनासमेत बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ