arrow

अरब अर्थतन्त्रमा यूएई पहिलो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
uae-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा यूएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ ।

एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौँ संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ । 

प्रतिवेदनले यूएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ । साथै प्रतिवेदनमा सबै उप(सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि यूएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।
यूएई पूर्वाधार क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थानमा छ । 

यसैगरी मोबाइल फोन प्रयोगकर्ता र बिजुलीमा पहुँच भएको जनसंख्याको प्रतिशतमा पनि यूएई अग्रस्थानमा छ । हवाई यातायात र कुल विश्वव्यापी यातायात र ढुवानीको हिस्सामा भने दोस्रो स्थानमा परेको छ।

संस्थागत र सुशासन क्षेत्रहरूको सन्दर्भमा यूएई प्रशासनिक भ्रष्टाचार र सरकारी दक्षता दुवै सूचकाङ्कहरूमा उन्नत स्तर हासिल गर्दै अरब देशहरूमध्ये शीर्ष स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।

अरब मुद्रा कोषको प्रतिवेदनले अरब देशहरूले उत्पादकत्व वृद्धि गर्न, उत्पादित वस्तुहरूको गुणस्तर सुधार गर्न र उत्पादक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न थुप्रै राष्ट्रिय रणनीति र दृष्टिकोणहरू अपनाएका छन् जसले यस क्षेत्रको अर्थतन्त्रमा निरन्तर सुधार देखिएको छ ।

अरब देशहरूले सेवा क्षेत्रहरू विकास गर्न, व्यवसायिक वातावरणलाई सहज बनाउन र उनीहरूको प्रतिस्पर्धात्मकतामा बाधा पुर्याउने चुनौतीहरूलाई सम्बोधन गर्न पूर्वाधार विस्तार गर्न थप प्रयासरत छन् ।

यी राष्ट्रिय प्रयासहरूको केन्द्रमा साझा महत्वाकांक्षा छ, आर्थिक स्थिरता, दिगो विकास, र अरब नागरिकहरूका लागि सुधारिएको जीवन स्तर समावेश गरिएको प्रतिवेदनामा उल्लेख छ । 

यस्ता सुधारात्मक रणनीतिहरूले स्थानीय उद्योगहरूमा लगानी बढाउनदेखि विदेशी पूँजीको लागि आकर्षक व्यावसायिक वातावरणलाई बढावा दिने विभिन्न किसिमका कार्यक्रमहरू समावेश छन् ।

दक्ष नागरिकको निर्णायक भूमिकालाई आत्मसात् गर्दै अरब देशहरूले शिक्षा र कार्यबल प्रशिक्षणमा ठूलो लगानी गरिरहेका छन्। उत्पादनशील क्षेत्र र सेवा उद्योगहरूमा फस्टाउनका लागि आवश्यक विशेषज्ञताले उनीहरूको कार्यबललाई सुसज्जित गर्ने लक्ष्य राखेको देखिन्छ । 

साथै ठूला पूर्वाधार परियोजनाहरूले यातायात सञ्जाल, बन्दरगाह सुविधाहरू र रसद सेवाहरूलाई मजबुद पार्दै विश्वव्यापी बजारमा प्रतिस्पर्धी पनि बनेका छन् ।

उक्त प्रतिवेदनले आर्थिक प्रतिस्पर्धा र उत्पादकत्वको वृद्धिले अरब अर्थतन्त्रलाई विविधीकरण गर्न, रोजगारीका अवसरहरू उपलब्ध गराउन,  दिगो आर्थिक विकासतर्फ डोर्याअउन र नागरिकहरूको जीवनस्तर उकास्न योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ