arrow

मालिवनमा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
accident-1.jpg

बाजुरा । जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । 

उनका अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । 

जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । 

घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ