- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ ।
वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो ।
जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ । गर्मीको लहर देखि खडेरी, असिना पानी, बाढी र आँधी,तुफानका घटनाहरू व्यहोर्नुपरेको बताइएको छ ।
मौसमी विपद्बाट कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
अर्कोतर्फ इटालीको बुट आकारको प्रायद्वीपमा यस वर्ष दैनिक नौ भन्दा बढी कठोर मौसम घटनाहरू भएको कृषि क्षेत्र सङ्घ कोल्डिरेट्टीले बताएको छ ।
आफ्नो प्रतिवेदनमा कोल्डिरेट्टीले चरम मौसमले बाली र कृषि पूर्वाधारमा ६ बिलियन युरो (६.६ बिलियन अमेरिकी डलर) क्षति पुर्याएको छ ।
जसले देशको जैतुनको तेल, आरु, अमृत र गहुँको उत्पादनमा कमी आएको छ ।
देशको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको जसमँ २१० अलग–अलग चरम मौसमी घटनाहरू भएको बताइएको छ । ९८ मध्य क्षेत्रहरूमा र ७० दक्षिणमा सिसिली र सार्डिनियाको टापु क्षेत्रहरू मौसमी विपद् आएको बताइएको छ ।
मौसमी घटनाहरूमध्ये धेरै बाढी, उच्च तापक्रम, वर्षाले गर्दा पहिरो गएको थियो । धेरै जसो युरोपले यस वर्ष लामो र सुख्खा गर्मी र धेरै गम्भीर मौसम घटनाहरूको सामना गरेको छ ।