arrow

तनहुँको विकासमा राष्ट्रपतिको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
surung-tanahu-.jpg

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विषेश चासो व्यक्त गर्दै आएका छन् । 

जसका कारणले गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे–बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । राष्ट्रपति पौडेलकै विषेश चासोका कारण तनहुँ सभा हलको निर्माण सम्पन्न भइ उद्घाटनसमेत भइसकेको छ । 


त्यसैगरी राष्ट्रपति पौडेल व्यास मार्ग, घुमाउनेको मोटरेबल पुल, देवघाट ठिंगुराको मोटरेबल पुल, गाइघाटको पुल, ५ सय  फाँट देखि सत्रसयसम्म मादी मर्स्याङ्दी करिडोर, कालिमाटी कुन्छा मार्ग, सिंहपथ, कालिका मार्ग, क्यामिन मार्ग, दमौली शान्तिनगर मोटररेवल पुल, कलेस्ती मोटरेवेल पुल निर्माणका लागि सम्बन्धित निकायलाई ताकेता गरेका छन् । 

उनले सडक विभागसम्बद्ध अधिकारीहरूलाई बोलाएर छलफल गरि विकास निर्माणका कामलाई छिटोछरितो बनाउन आग्रह गर्दै आएका छन् । गत असोज ६ गते व्यास नगरपालिका –३  बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने प्रतिबद्धता जनाएका थिए । 

सोही अनुरूप उनले तनहुँको विकास निर्माणका कामको प्रगतिका बारेमा सचिवालयबाट अनुगमन गराउने, जनप्रतिनिधिहरूलाई अनुगमन गराउने र सम्बन्धित निकायलाई घचघच्याउने काम निरन्तर गरेका कारणले विकास निर्माणका कामले तिव्रता पाएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । 

देवघाट ठिंगुराको मोटरेबल पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाट ठिंगुराको पुल अलपत्र अवस्थामा रहेको र राष्ट्रपति पौडेलको पहलमा अर्थमन्त्रालयले थप बजेटको व्यवस्था गरेपछि फेरि निर्माण कार्य शुरु भएको बताए । 

पौडेलले भने–‘यो पुल निर्माणमा एकदमै ढिलाई भएपछि राष्ट्रपतिज्यूले चासो व्यक्त गरेपछि अहिले निर्माण कार्य तीव्र बनेको छ ।’ राष्ट्रपति पौडेलले आफ्नै पहलमा शुरुआत भएको केशवटार मार्ग, बुद्धसिंह मार्ग, व्यास मार्ग लगायतका सडकको स्तरोन्उतिका लागि चासो दिएका कारण ती सडक निर्माण अहिले तिव्र गतिमा भइरहेको बताइएको छ । 

व्यासको १०८ फिटको मूर्ति निर्माण, व्यास–पराशर पार्कलगायतको माध्यमबाट धार्मिक गन्तव्य बनाउने, राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा र त्यस आसपासको क्षेत्रलाई साहित्यिक तीर्थधाम बनाउने तथा राष्ट्रिय एकताको केन्द्र बनाउने कामलाई पनि राष्ट्रपति पौडेलले अग्रसरता लिएको भानु नगरपालिकाका अध्यक्ष आनन्दराज त्रिपाठीले बताए । 

त्रिपाठीले भने, ‘आदिको काममा ढिलाइ भएकोबारे राष्ट्रपतिसमक्ष जानकारी गराएका थियौ । राष्ट्रपतिज्यूले विकासका बारेमा चासो राखी प्रगतिबारे जानकारी लिने गर्नुभएको छ ।’  

त्यस्तै देवघाट गाउपालिकामा अत्याधुनिक बृद्धाश्रम निर्माणमा पनि लागि राष्ट्रपति पौडेलले पहल थालेका छन् । तातोपानी र लिफ्ट सहितको बृद्धाश्रम निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको छ । देवघाट गाँउपालिकाका अध्यक्ष तीलबहादुर थापाकाले बृद्धाश्रम बनाउने विषय राष्ट्रपति पौडेल आफैँले अग्रसर भएर थालेका हुन् ।

तनहुँमा राष्ट्रपति  पौडेलकै पहलमा शुक्लागण्डकी नगरपालिकामा निर्माण भएको जीपी कोइराला राष्ट्रिय स्वास्प्रस्वास उपचार केन्द्रको स्तरोन्नति, तल्लो तनहुँ जलविद्युत आयोजना काम अगाडि बढाउनका लागि पनि राष्ट्रपति पौडेलले चासो राख्दै सम्बन्धित अधिकारीहरूसँग छलफल गरिरहेका छन् । 

राष्ट्रपति पौडेलले तनहुँमा निर्माणाधीन रहेका अन्य पुल तथा बाटोहरूको काम समयमा नै सम्पन्न गर्नका लागि सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर दबाब दिइरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ