arrow

पार्टीको वेथितिप्रति आक्रोश

गगन मन्त्रीहरुसँग आक्रामक – गरेका आठ कामको सूची दिनुस् 

‘गठबन्धन बैठक भन्ने अनि पार्टीभित्र सरसल्लाह सम्वाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नु पर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
congress-central-2080-09-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई गरेका आठ कामको सूची दिन आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको आठ महिना भए पनि काम केही हुन नसकेको भन्दै आठ कामको सूची दिन चुनौती दिएका हुन् । 

उनले भने, ‘ती आठ काम जसका कारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाई नभएको भए हुँदैन थियो। अनि तपाईको ती कामको प्रचार कांग्रेसका तमाम सदस्यले गर्ने छन् ।’

 महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गर्न आग्रह गर्दै त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम नगरे मन्त्री फेर्न पनि सुझाएका छन् । 

उनले भने, ‘अरु सबै दलसँग समय पनि छ, सुबिधा पनि छ अहिले भएन हामी आउँछौँ र ठीक बनाउँछौ भन्ने तर हामीले त्यो भन्न पाउँदैनौँ । अरुले मिसन ८४ भन्न पाउँछन् तर हामीले भन्न पाउँदैनौँ ।’

उनले भने, ‘पार्टीको नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्वसुलभ स्वास्थ, मिसन मर्यादित रोजगारी तय गरौँ । अनि यी चार वर्षमा पूरा गरौँ । यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ ।

नेता थापाले गठबन्धन बैठकमा पार्टीभित्र सल्लाह नै नगरी हुने निर्णयको जिम्मा जो बैठकमा बस्छ उसैले लिन्ुपर्नेमा जोड दिए । पार्टी सभापति शेरबहादुर देउवाले आफू खुशी निर्णय गरेको संकेत गर्दै नेता थापाले भने, ‘गठबन्धन बैठक भन्ने अनि पार्टीभित्र सरसल्लाह सम्वाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नु पर्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ