arrow

नक्कली भूटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार
supreme.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

 न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

 थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतको सोही आदेशलाई उच्च अदालत पाटनले सदर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ