arrow

तुर्बात लङ मार्चका कारण अस्तव्यस्त बन्दै पाकिस्तान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
pakistan-baluch-2023-12-20.jpg
तस्बिर – बलुच याक्जेहती काउन्सिलबाट ।

लाहोर । कथित गैरन्यायिक हत्याको विरोध गर्दै मंगलबार तौन्सा शरीफ पुग्दा हजारौँ मानिसहरू बलुच याक्जेहती काउन्सिल (बीवाईसी) मार्चहरूमा सामेल भए । आन्दोलनकारीहरूले तौन्सा शरीफमा रात बिताउने योजना बनाए र बुधबार इस्लामावादको लागि आफ्नो लामो मार्च जारी राख्ने निर्णय गरेका छन् ।

जसका कारण पाकिस्तानको यातायाता अस्तव्यस्त हुनुका साथै दैनिक जीवन नै प्रभावित बनेको छ । यसअघि प्रदर्शनकारीहरूले डीजी खानमा धर्ना दिए र ग्लोब स्क्वायर अवरुद्ध गरेका थिए । उनीहरूको अगाडिको यात्राको लागि यातायातको माग गर्दै जिल्ला प्रशासनको दबाबमा उनीहरुको प्रारम्भिक ढुवानी फिर्ता लिइएको बताइएको छ ।

तर वार्तापछि आन्दोलनकारीलाई तौन्सा शरीफ र इस्लामावादतर्फको मार्चका लागि यातायात भाडामा लिन अनुमति दिइएको थियो। बीवाईसीले २५ दिनअघि तुर्बतदेखि इस्लामावादसम्म लङ मार्च थालेको थियो ।

डीजी खानदेखि तौन्सासम्मको यात्रामा आन्दोलनकारीलाई स्वागत गर्न सडकका दुवै छेउमा महिला र बालबालिकासहित हजारौँ मानिसहरु लाइन बसेका थिए । र्यालीले तौन्सा शरीफको कलमा चोक पुगेर विरोध र्याली निकालेको थियो । जहाँ आयोजकले सहभागीहरुलाई सम्बोधन गरेका थिए।

मार्चका आयोजकहरू मध्ये एक महराङ बलोचले पञ्जाब प्रशासनले प्रदर्शनकारीहरूका लागि बाधाहरू सिर्जना गरिरहेको र ट्रान्सपोर्टरहरूलाई मार्चको लागि सवारी साधन उपलब्ध गराउन रोकिरहेको  डन अनलाइनलाई बताएको डनले लेखेको छ ।

'हामीले डीजी खान र तौन्सा शरीफमा हाम्रो अपेक्षाभन्दा बढी एकता प्राप्त गरेका छौँ। हजारौँ मानिसहरू हामीसँगै जुलुस गर्न थाले', उनले भनिन्, 'यदि प्रशासनले कुनै अवरोध सिर्जना नगरे र हामीले यातायात पायौँ भने हामी इस्लामाबाद तर्फ मार्च गर्नेछौं; अन्यथा हामी तौन्सा शरीफमा अर्को धर्ना शुरु गर्नेछौं ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ