arrow

टर्किएद्वारा मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
turkey-geopolitical.jpg

काठमाडौँ । टर्किएले इजरेलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ ।

टर्किएका प्रहरीले इजरेलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् । 

इस्तानबुल अभियोजक कार्यालयको आतंकवाद र संगठित अपराध अनुसन्धान ब्युरोले शुरु गरेको अनुसन्धान पछि गिरफ्तार गरिएको हो । 

अनुसन्धानबाट संदिग्धहरूले टर्किएमा बसोवास गर्ने विदेशी नागरिकहरू विरुद्ध अपरेसनहरू सञ्चालन गर्ने योजना बनाएका पत्ता लागेको छ । 

जसमा आक्रमण र अपहरण समावेश छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ