arrow

एमाले गण्डकीबाट राष्ट्रिय सभाका लागि यी हुन् सम्भावित उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
uml-flag.png

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । 

प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए । 

खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए । 

अपाङ्गता/अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ । 

 महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । 

राष्ट्रिय सभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ