arrow

बंगलादेशका ६२ जिल्लामा सेना परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
bangladesh-supect-militants.jpeg

काठमाडौँ । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ । 

बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् । 

अक्टोबरको अन्त्यदेखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न र अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन दबाब दिन लगातार नाकाबन्दी र हडतालहरू गर्दै आएका छन् । 

प्रधानमन्त्री शेख हसिनाले बारम्बार सत्ता त्याग गर्न विपक्षीको आह्वानलाई अस्वीकार गर्दै देशको आगामी राष्ट्रिय निर्वाचनलाई जनताको इच्छा झल्काउने गरी स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने आफ्नो वाचालाई दोहोर्‍याएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ