arrow

बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
iran-attack-2024-01-03.jpg

काठमाडौँ । बगदादमा ड्रोन आक्रमणमा मारिएकाहरूको बिहीबार साँझ अन्तिम संस्कार गरिएको छ । 

इराकी अर्धसैनिक हशद शाबी बलका सयौँ सदस्यहरू र नागरिकहरूले इराकी संसद्का सदस्यहरू हशद शाबी सेनाका नेताहरू, धर्मगुरुहरू र आदिवासी शेखहरू लगायतका शवयात्रामा भाग लिएका थिए । 

पूर्वी बगदादमा बिहीबार भएको ड्रोन आक्रमणमा हस्द शाबी सेनाका तीन सदस्यको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको आन्तरिक मन्त्रालय स्रोतले जनाएको छ ।

 बगदादको पूर्वी भागमा रहेको प्यालेस्टाइन स्ट्रिटमा रहेको हशद शाबीको १२ औँ ब्रिगेडको मुख्यालयमा अज्ञात ड्रोनबाट आक्रमण भएको थियो । 

जसमा ब्रिगेड नेता तालिब अल-साइदी, उनका एक सहयोगी र एक लडाकुको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ