arrow

धार्मिक राजनीति

पशुपतिमा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्न पाइन्छ कि पाइँदैन ?

पन्छिँदै पशुपति क्षेत्र विकास कोष, निकाल्यो यस्तो सूचना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
pashupati-bhaktajan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही र कारबाही गर्ने सूचनाप्रति आपत्ति रहेको जनाएको छ । 

शुक्रबार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ– 'बुढासुब्बा डिजिटल प्रालीले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौ ।’

तर कोषको यो आपत्तिले सर्वसाधारणको द्धिविधा भने अन्त्य भएको छैन । त्यहाँको भिडियो खिच्न पाइन्छ कि पाइँदैन भन्ने बारेमा कोषले स्पष्ट पारेको छैन । 

कोषको संलग्नता छैन भन्नुको मतलब कोषले यसलाई कसरी लिएको छ भन्ने बारेमा खुलाएको छैन । 

के थियो बुढासुब्बाको कपिराइट सूचनामा ?
पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालीले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कपिराइट ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन् । 

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा भिडिओको टेन्डर बुढासुब्बा डिजिटलले पाएकाले सो कम्पनीले सम्झौतामा उल्लेख भए अनुसार कसैले व्यावसायिक प्रयोजनका लागि भिडिओ राखे कपिराइट लगाउन सक्ने मिडियालाई बताएका थिए  ।

उनका अनुसार गएको भदौ ६ गते बुढासुब्बाले  पशुपति क्षेत्रको भिडिओ अधिकारको टेन्डर पाएको थियो । त्यो कम्पनीलाई कति अधिकार दिने भन्ने कुरा सम्झौतामा उल्लेख भएको पनि उनको दाबी छ । 

उनले मिडियालाई पशुपति क्षेत्रमा फोटो, लाइभ भिडिओ, आरतीको भिडिओ खिच्ने अधिकार बुढासुब्बाले पाएकाले उसले त्यहाँ व्यावसायिक प्रयोजनका लागि राखेको भिडिओमा कपिराइट लगाउन पाउने उनले बताएका थिए ।

बिहीबारदेखि उक्त सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसको चर्को विरोध भइरहेको छ ।

यस्तो छ त्यो सूचना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ