arrow

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
surendra-panday-cm-gandaki-rss.jpg

तनहुँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुर गाउँपालिका-५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्ने उल्लेख गरे । 

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले समग्र गण्डकी प्रदेशको हित हुनेगरी योजना बनाइने दाबी गरे । 

त्यस अवसरमा तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा शङ्कर भण्डारी, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, सुरेश आलेमगर, तनहुँ क्षेत्र नं १ प्रदेशसभा (१) का सदस्य अशोककुमार श्रेष्ठ, तनहुँ क्षेत्र नं १ प्रदेशसभा (२) का सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विविध विषयमा सुझाव दिएका थिए । 

आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको र त्यसमा सुझाव लिन अन्तक्र्रिया गरिएको आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । 

पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार भएको र त्यसमा प्रदेशको अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, समावेशीकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरणलगायत क्षेत्र समेटिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ