एक किलो तीन सय ग्राम सुन धुलो बनाएर भित्री वस्त्रमा लुकाएर ल्याइन् महिलाले
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
973
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो ३०० ग्राम सुन बरामद भएको छ । अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी प्रहरीले जनाएको छ ।
ती महिलाले भित्री वस्त्रमा धुलो बनाएर सुन ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको हो । दुबईबाट नेपाल आएकी कान्थामात्रे काभास्कर नाम गरकी ती महिलाले सुन लुकाएर ल्याएकी थिइन् । उनलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुनसहित ती महिलालाई अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।