arrow

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस

शेखर फेरि फर्केर बैठकमा बसे, संस्थापन इतरलाई चार सिट नै दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
deuba-shekhar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारका लागि टुंगो लगाउन निकै कठिन भएको छ । कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षबीच तालमेल नमिलेपछि संस्थापन इतरका नेता डा. शेखर कोइराला बैठक छाडेर बाहिरिएकामा अहिले फेरि बैठकमा फिर्ता आएका छन् । 

उनले आफ्नो पक्षलाई कांग्रेसले पाएको १० मध्ये ४ सिट पाउनु पर्ने माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले ३ सिटमात्र दिने भनेपछि कोइराला बाहिरिएका थिए । 

पदाधिकारीमात्र बैठकमा बसिरहँदा कोइरालालाई पनि बोलाएर समस्याको समाधान गर्नुपर्ने आवाज चर्किएपछि संस्थापन इतर पक्षलाई ४ सिट नै दिने गरी कोइरालालाई बैठकमा पुनः डाकिएको उनी निकटका एक नेताले जानकारी दिए । 

सोमबार हुने उम्मेदवारी दर्ताका लागि आइतबार राति नै उम्मेदवारको नाम टुंगो लगाउने गरी कांग्रेस बैठकमा बसेको हो । 

राष्ट्रिय सभामा फागुन २० गते २० जनाको सिट खाली हुँदै गर्दा माघ ११ गते १९ जनाको मतदान हुँदैछ । 

सोमबार उम्मेदवारी दर्ता गराउनु पर्छ । जसमा सत्ता गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एसले २ तथा जसपाले १ सिट पाएको छ । 

माओवादी र जसपाले पनि नाम सार्वजनिक गरिसकेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १९ जनाकै नाम सार्वजनिक गरिसकेको छ । 

कांग्रेसबाट पाका नेता कृष्णप्रसाद सिटौला भने कोशीको अन्यकोटाबाट टिकट लिएर विराटनगर पुगिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ