arrow

जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
jordan-flag.jpg

काठमाडौँ । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताएका छन् । 

गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिएका छन् । 

राजाले अम्मानमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको भेटमा गाजामा दुःखद मानवीय सङ्कट अन्त्य गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए । 

राजा अब्दुल्लाले गाजामा तत्काल युद्ध विराम गर्न आग्रह गरे ।

 राजाले गाजावासीहरूलाई आफ्नो घर फर्कन सक्षम बनाउन पनि आग्रह गरे । 

भेटमा राजाले प्यालेस्टाइन समस्याको न्यायोचित समाधान र दुई राज्यको आधारमा न्यायपूर्ण र व्यापक शान्ति नभई यस क्षेत्रमा स्थायित्व नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ