arrow

कोशीले आज सभामुख पाउँदै, राप्रपाका अम्बर उम्मेदवार, गठबन्धनसँगै एमालेले पनि सघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
ammarbahadur-bista-speaker-.jpg

काठमाडौँ । कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले राप्रपालाई सहयोग गर्ने भएको छ । एमालेले उम्मेदवार नउठाउने र सभामुखमा राप्रपालाई सहयोग गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

आज बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक भण्डारीले जानकारी दिएका हुन् ।  

कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अम्बरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने तयारी छ । 

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरुले स्थायी सरकारको लागि राप्रपाको साथ खोजेकाले सभामुखमा राप्रपाकै उम्मेदवारलाई सहयोग गर्ने भएको स्रोतले जनाएको छ । 

राप्रपाले अन्तिम अवस्थामा मात्रै सभामुख लिन राजी भएको थियो । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सभामुख लिन नमानेपछि अम्बरबहादुर विष्टलाई पार्टीले उम्मेदवारको रुपमा अघि सारेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ