arrow

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg
तस्बिर-फाइल

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।  

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरूवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने आवश्यक्ता औँल्याए ।

“जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ”, उनले भने । 

मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने बताए ।

“ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारीरुपमा अनुगमन गर्नुपर्छ”, मुख्यमन्त्री कार्कीले भने । 

सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्शाङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ