arrow

निर्विरोध निर्वाचित कोशीका सभामुख विष्टले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
ambarbahadur-bista-speaker-.jpg

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई मंगलबार शपथ गराएका छन् ।  
    
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो ।
    
शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    
यसअघि मंगलबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा नियमावाली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले) को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित भएका हुन् । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेश सभा सदस्य भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ