arrow

प्रधानमन्त्री हसिनालाई भेटे अध्यक्ष अन्सारीले

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
hasina-ansari.jpg

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गरेका छन् । 

बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुगेका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गरेका हुन् । 

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ । 

भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बङ्गलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताएका थिए । 

अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बङ्गलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राखेका थिए। 

त्यस अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताएको आयोगले जनाएको छ । 

अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका पुगेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ