arrow

टेलिकमको पाँच अर्बको ठेक्कामा सही गर्न नमानेपछि मन्त्री शर्माले गरिन् सञ्चार सचिव राउतको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
rekha-sharmas.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सञ्चारमन्त्री रेखा शर्माले आफूसँग कुरा नमिलेपछि सञ्चार सचिव कृष्णबहादुर राउतको सरुवा गरेकी छिन् । सञ्चार मन्त्रालयमा आएको १० महिनामै उनको सरुवा गरेकी हुन् । माओवादी केन्द्र निकट सचिव भए पनि सञ्चारमन्त्रीसँग केही समयअघिबाटै कुरा मिलेको थिएन । 

उनलाई सरुवाको चिठी अझै दिइएको छैन । मंगलबारबाट नै सरुवा भैसकेको स्रोतको दाबी छ । वित्त आयोगमा कार्यरत अर्का सचिव रामकृण सुवेदीलाई ल्याइएको छ । 

शिक्षा मन्त्रालयबाट भर्खरै वित्त आयोगमा पुगेका थिए । राउत भने मधेश प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका हुन् । नेपाल टेलिकमले करिब ५ अर्ब बराबरको नयाँ भवन बनाउने एउटा ठेक्कामा सचिव राउतले सही गर्न नमानेपछि उनको सरुवा गरिएको स्रोतले जनाएको छ ।

नेपाल टेलिकमले पुरानो भवन भत्काएर नयाँ भवन बनाउन लागेको सो भवन निर्माणका लागि ठेक्का लगाउने विषयमै सचिव र मन्त्रीबीच असमझदारी उत्पन्न भएकाले मंगलबारको मन्त्रीपरिषद बैठकबाट उनलाई हटाएर सुवेदीलाई ल्याइएको स्रोतको दाबी छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ