- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँ उपत्यकामा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ । काठमाडौँको टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार बढ्न थालेको छ ।
जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् ।
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म पर्छ । त्यस्तै खुवा चाकु, सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलोको १८० रुपैयाँ पर्छ ।
टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग छन् ।