- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ ।
इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो ।
मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरूमाथि गोली प्रहार गरेका थिए ।
उनीहरूले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरूमा आगजनी समेत गरेका थिए ।
उनीहरूको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।