arrow

लोकमानले जित्ने र जनता हार्ने गरी कांग्रेसले धोका दिन सक्दैन : खरेल

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
Agni_Kharel-news.jpeg

विराटनगर । एमाले नेता अग्नी खरेलले संविधान संसोधनको आवश्यता र औचित्य पुष्टि भएमा संविधान संसोधनका लागि  एमाले बाधक नबन्ने बताएका छन् ।

विराटनगरमा संचारकर्मीसंग नेता खरेलले संविधान संसोधनका लागि  एमाले लचक भए पनि किन र के का लागि संविधान संसोधन भन्ने विषयमा सरकारले पुष्टि गर्न सक्नु पर्ने औल्याए ।

नेता खरेलले पहाड र मधेशलाई छुट्याएर गरिन संविधान संसोधन मान्य नहुने बताए । जारी संविधानले हिमाल, पहाड तराइ तथा मधेसको भावनालाइ समेटेकाले सीमाकंन हेरफेर गर्ने नाममा नेपालीबीचको एकतालाइ टुट्न दिन नहुने नेता खरेलको भनाई छ ।

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले अंगीकृत नागरिकताको विषयमा नयाँ संविधानमा प्रष्ठसंग उल्लेख भएकाले विवाद गर्नुको अर्थ नरहेको बताए ।  

खरेलले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथीको संसदमा सुनवाई शुरु भइसकेकाले नेपाली कांग्रेसले महाअभियोग प्रस्तावको  विषयमा चाँडो निर्णय लिनुपर्ने बताए । लोकमान सिंह कार्कीले जित्ने र जनता हार्ने गरी कांग्रेसले कुनै पनि निर्णय लिन नसक्ने उनको भनाई थियो ।

यस्तै, नेता खरेलले संविधान कार्यान्वयन गर्ने समयमा आन्दोलन गर्ने मधेसी मोर्चाको कुरा वेतुकको भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ