बैंकविरुद्ध विरोध प्रदर्शनमा उत्रिए जनकपुरका उद्योगी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
712
Shares
काठमाडौँ । उद्योगी व्यापारीहरूले जनकपुरधाममा बैंकहरुबिरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आइतबार पीडित उद्योगी व्यवसायी सङ्घर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरू विरुद्ध प्रदर्शन गरेको हो ।
बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित सङ्घर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो ।
बैंकहरूको चर्को ब्याजदरविरुद्ध आफूहरूलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरूले बताए ।
धर्नामा बोल्दै सङ्घर्ष समितिका संयोजक सुधीर पजियारले नेपालीहरूलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग आग्रह गरे ।
उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप लगाए ।
उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कालोसूचीमा नराख्न माग गरे।
व्यापारीहरूले आफूहरूको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।