arrow

महिला संघ शेखर–गगन समूहबाट भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
mahila-sangh-doation-congre.jpg

काठमाडौँ । जाजरकोट भूकम्प पीडितहरुको सहयोगको लागि नेपाल महिला संघ शेखर–गगन समूहले आज पार्टी कार्यालय सानेपामा सहयोग रकम हस्तान्तरण गरेको छ । 

उक्त रकम नेपाल महिला संघ केन्द्रीय सदस्य चन्द्रा देवी जोशीले पार्टी कार्यालयका सचिव मुक्ति आचार्यलाई हस्तान्तरण गरेकी थिइन् । 

नेपाल महिला संघ केन्द्रीय सदस्य चन्द्रादेवी जोशीको नेतृत्वमा हस्तान्तरण गरिएको सो कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्यहरु डा अमिता प्रधान, छायाँ सुनार, रन्जिता गिरी तथा नेपाल महिला संघ ताप्लेजुङकी सभापति मातृकादेवी प्रसाई, महासमिति सदस्य भुवनेश्वरी शर्माले रकम हस्तान्तरण गरेका हुन् । 

साथै पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल र पूर्व मुख्यसचिव डा. शोभाकर पराजुली पनि उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ