arrow

विमानस्थलमा सुरक्षाकर्मी थप्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
srilanka-agitation-2022.jpg

काठमाडौँ । श्रीलंकाले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ ।

सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्याउने योजना बनाएको बताइएको छ । 

बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो । 

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रीलंकामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिएका छन् ।

सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीले जनाकारी दिएका छन् । 

उनले बन्दरनायके अन्तरराष्ट्रिय विमानस्थलमा अत्याधुनिक सुरक्षा निगरानी उपकरण जडान गरिएको पनि बताएका छन् ।

यी नयाँ उपकरणको जडानले विमानस्थलबाट लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी रोक्न सहयोग पुग्ने मन्त्रीको विश्वास छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ