arrow

मार्च मध्यसम्म सेना फिर्ता लैजान भारतलाई माल्दिभ्सका राष्ट्रपतिको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
maldives-mohammad-muitzu-president.jpg

माले । माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई १५ मार्चसम्म आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन् ।

भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्सबीच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो । राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा माल्भ्सिबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ