arrow

थारू समुदायको नयाँ वर्षमा उपत्यकामा माघी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
tharu-maghi-2080-(16).jpg

काठमाडौँ । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाएको छ । सो क्रममा आज र्याली निकालिएको छ । 

थारू समुदायले २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छन् । थारू समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेको थियो । 

यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाइएको हो ।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहेका छन् । 

बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिएको छ । 

tharu-maghi-2080 (1).jpg
tharu-maghi-2080 (2).jpg
tharu-maghi-2080 (3).jpg
tharu-maghi-2080 (4).jpg
tharu-maghi-2080 (5).jpg
tharu-maghi-2080 (6).jpg
tharu-maghi-2080 (7).jpg
tharu-maghi-2080 (8).jpg
tharu-maghi-2080 (9).jpg
tharu-maghi-2080 (10).jpg
tharu-maghi-2080 (11).jpg
tharu-maghi-2080 (12).jpg
tharu-maghi-2080 (13).jpg
tharu-maghi-2080 (14).jpg
tharu-maghi-2080 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ