arrow

गाजा युद्धका सय दिनमा गुटेरेस गरे युद्ध विराम गर्न पुनः आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
antonio_guterres-new.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्ध विराम गर्न पुनः आह्वान गरेका छन् । 

गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैङ्कमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय सङ्कटलाई जटिल बनाउँदै लगेको बताए । 

उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेकोले भन्दै चाँडै युद्ध बिराम गर्न आह्वान गरे ।

उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए । उनले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । 

द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको बताए ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए । 

भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताए । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठुलो बाधाहरू सामना गरिरहेको बताए ।

हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ