arrow

हेमा मालिनीले अयोध्यामा रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
hema-malini-twitter-profile.jpg

अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा आगामी माघ ८ गते (२२ जनवरी) मा हुँदैछ । यो ऐतिहासिक क्षणको प्रतिक्षामा सबै जना व्यस्त रहेका छन् । 

रामललाको अभिषेकका लागि बलिउडदेखि राजनीतिक जगत्का धेरै ठूला व्यक्तित्वलाई निम्तो दिइएको छ । त्यसको तयारी पनि तीव्र रूपमा भइरहेको छ । यसैबीच बलिउडकी एक दिग्गज अभिनेत्रीले यस दिन रामायणमा आधारित नृत्य प्रस्तुति दिने खबर आएको छ ।

रामायणमा आधारित यो ‘डान्स ड्रामा’ अरू कसैले नभई बलिउडकी ड्रिम गर्ल अर्थात् हेमा मालिनीले प्रस्तुत गर्न लागेकी हुन् । 

हो, यो दिन हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्न लागेकी छिन् । यो कुरा नायिका आफैँले एक भिडियोमा शेयर गरेकी छिन् ।

यो भिडियोमा हेमा मालिनी भन्छिन्, ‘जय श्री राम, म पहिलो पटक अयोध्या आउँदै छु र त्यो पनि रामललाको मन्दिरको उद्घाटन हुने समयमा । जसको लागि मानिसहरु वर्षौँदेखि पर्खिरहेका थिए । जगत् गुरु पद्मविभूषण तुलसी पीठाधिश्वर जगत् गुरु रामनन्द स्वामी रामभद्राचार्य जीको ७५ औँ जन्मजयन्ती १४ जनवरीदेखि २२ जनवरीसम्म मनाइँदैछ । साथै मन्दिरको उद्घाटन र गुरुदेवको जन्मजयन्तीको उपलक्ष्यमा आगामी जनवरी १७ साँझ ७ बजे अयोध्याधाममा मेरो सम्पूर्ण टोलीसँग रामायणमा आधारित नृत्य नाटक प्रस्तुत गर्न लागेकी छु । त्यसैले आउनुहोस्, यो सनातन पर्व मनाउन अयोध्याधाममा सबै मिलेर बसौँ ।

बलिउडकी एक दिग्गज अभिनेत्री हुनुको साथै उनी भारतीय जनता पार्टी (भाजपा) की सांसद पनि हुन् । 

फिल्मपछि उनी राजनीतिमा सक्रिय छिन् । हेमा प्रायः राजनीतिक मुद्दाहरूमा आफ्नो विचार व्यक्त गरिरहेको देखिन्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ