arrow

१० पत्रकार हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
myanmar-journalist.jpg

काठमाडौँ । स्वतन्त्र मिडिया लक्षित छापा मारेको दोस्रो दिन पूर्वसोभियत सङ्घ सदस्य किर्गिजस्तानले मङ्गलबार चार अलग अलग समाचार आउटलेटबाट कम्तीमा १० पत्रकारलाई हिरासतमा लिएको छ । 

अधिकार समूहहरूका अनुसार गिरफ्तारीले किगिजस्तानमा लोकतान्त्रिक पतनको चिन्ताजनक प्रवृत्तिलाई औँल्याएको छ । किर्गिजस्तानले आफ्ना मध्य एसियाली साथीहरूभन्दा धेरै राजनीतिक स्वतन्त्रताको आनन्द लिने गर्दथ्यो ।

पत्रकार बोलोट टेमिरोभले प्रहरीले मङ्गलबार बिहानै आफ्नोसहित धेरै आउटलेटमा छापा मारेको बताए । उनको युट्युब च्यानल टेमिरोभ लाइभले भ्रष्टाचारविरोधी अनुसन्धान गर्दछ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रा सम्पूर्ण उपकरण दुई वटा कारमा लिएर लगियो ।”

उनकी श्रीमती मखाबतलाई गृह मन्त्रालयलमा सोधपुछका लागि लगिएको छ र उनको वकिललाई कुरा गर्न रोक लगाइएको छ । 

पश्चिमी झुकाव भएको पोलिटक्लिनिका समाचार वेबसाइट तथा स्वतन्त्र युट्युब च्यानल एयट डेयट डेसे र अर्चा मिडियासँग सम्बन्धित पत्रकारहरूलाई पनि हिरासतमा लिइएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

मङ्गलबार हिरासतमा लिइएका व्यक्तिहरूले किर्गिज सम्भ्रान्त र राष्ट्रपतिका मानिस संलग्न भएको कथित भ्रष्टाचारलाई कभर गर्ने अनुसन्धानमा काम गरेको रिपोर्टर्स विदआउट बोर्डर्सले बताएको छ । 

“संदिग्ध आरोपहरूमा गिरफ्तारीको यो लहर स्थानीय खोज पत्रकारितालाई समाप्त गर्नु बराबर हो”, उक्त संस्थाले भनेको छ, “भ्रष्टाचारको अनुसन्धान गर्नु कुनै अपराध होइन र सार्वजनिक बलको प्रयोग डराउने–धम्क्याउने औजारका रूपमा गरिनु हुँदैन ।”

अयट डेयट डेसे र टेमिरोभ लाइभलाई सामाजिक सञ्जाल पृष्ठहरूमा ‘सामूहिक दङ्गा’ को आह्वान गर्ने सामग्री फेला परेपछि गिरफ्तार गरिएको गृह मन्त्रालयले बताएको छ । यद्यपि मन्त्रालयले कुनै विवरण भने दिएको छैन । 

किर्गिजस्तानले पछिल्ला दुई वर्षमा धेरै स्वतन्त्र समाचार आउटलेट तथा पत्रकारहरूविरुद्ध आरोप लगाएको छ । यसमा अमेरिकी लगानीको क्लुप मिडिया र रेडियो अजाटिक पनि संलग्न छन् ।

यी गिरफ्तारी प्रहरीले प्रमुख निजी समाचार आउटलेट २४.केजीलाई निशाना बनाउँदै युक्रेन युद्धबारे एक लेखलाई लिएर यसका मुख्य सम्पादक तथा प्रबन्ध निर्देशकलाई हिरासतमा लिएको एक दिनपछि भएका हुन् । गत वर्ष को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा किर्गिजस्तान ५० स्थान तल झरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ