arrow

भूकम्प प्रभावित विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० माघ ४ बिहिबार
nepal-rising-mugu.jpg

मुगु । भूकम्प प्रभावित जिल्ला जाजरकोटको एक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । 

कुशे गाउँपालिका वडा न ५ दमधला स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीलाई न्यानो कपडा सहित विद्यालय पोशाक वितरण गरिएको हो ।

भूकम्पले बसेका घरहरू भत्किदा विद्यार्थीहरूका लगाउने कपडा,विद्यालय पोशाक र किताब कापी छोपिदा विद्यार्थी प्रभावित भएका थिए । 

अन्य निकायबाट कापिकलमहरुको सहयोग भए पनि यो चिसो सिजनमा न्यानो कपडाको आवश्यकता विद्यार्थीहरुलाई थियो ।

 उनीहरू कै आवश्यकता अनुसारको न्यानो कपडा नेपाल रिसिङ्गको आथिक सहयोगमा हेल्प फोर्स नेपालले वितरण गरेको अभियन्ता अर्जुन मल्लले जानकारी गराए ।

भूकम्पले सबै कपडा घर भत्कँदा छोपिएको र विद्यालयमा पनि भवन भत्कँदा चौरमा बसी अध्ययन गर्दा विधाथिलाइ चिसो लाग्ने गरेको थियो ।

अभियन्ता मल्लले भने एकसरो जिउमा लगाएको कपडा मात्र भएका बालबालिकाहरूलाई न्यानो कपडा सहयोग गरेर चिसोबाट बचाउन पाउँदा खुशी लागेको छ ।

 भूकम्प प्रभावित अन्य पालिकाका विद्यालय स्थानीयहरूको सहयोगका लागि दाता खोजिरहेका छौ प्रभावितहरूको मागको आधारमा सहयोग गर्ने छौ  ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न १ श्रीनगर घर भएका समाजसेवी अर्जुन मल्ल देश भरी जहाँ जे विपद्, प्रकोप र महामारीमा परि प्रभावित हुने परिवारलाई आवश्यकता अनुसारको सहयोग गर्न पुग्ने गरेका छन् ।

उनको नेपाल हेल्प फोर्स नामक संस्थाको टिमले देश विदेशबाट सहयोग जुटाइ प्रभावित परिवार सहयोग गर्दा आएको छ । 

मल्ल भन्छन् सधैँ दाता भेटिनु हुँदैन कहिले काहीँ टिमले नै आफ्नो व्यक्तिगत लगानी जुटाइ सहयोग गर्दै आएका छौ । 

दाताले जिन्सी सहयोग गर्ने गरेको र स्थानीय ढुवानी र अन्य खर्च हामी आफैले व्यहोर्दै आएका छौ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ