arrow

आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे कार्यशाला गर्दै तिलगङ्गा अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
tilganga-eye-hospital.jpg

काठमाडौँ ।  तिलगङ्गा आँखा अस्पतालले आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे जानकारी दिन प्रत्यक्ष प्र्रसारणसहित कार्यशाला गर्ने भएको छ ।

अस्पतालले यही बिहीबार आँखा र वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रियासहितको कार्यशाला आयोजना गर्ने जानकारी दिएको हो ।

 बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा पूर्णिमा राजकर्णीकार स्थापितले दुई दिने कार्यशालाबारे जानकारी दिँदै सिङ्गापुरको नेसलन युनिभर्सिटी अस्पतालका डा गङ्गाधर सुन्दरको नेतृत्वमा कार्यशाला आयोजना हुने बताए । 

डा सुन्दरको नेतृत्वमा डा पूर्णिमा, म्याग्जीलोफेसियल सर्जन प्रा डा आलोक सग्तानी र वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा डा रोहित सैजुको समूहले उक्त कार्यशाला सञ्चालन गर्नेछन् । 

उक्त समूहले आँखा र आँखाको वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रिया गर्ने छ । बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म गरिने शल्यक्रियालाई अस्पतालले प्रत्यक्ष प्रसारणमार्फत कार्यशालामा छलफल गरिनेछ । शल्यक्रिया प्रदर्शनसहितको कार्यशालाले ‘फ्र्याक्चर पुनःस्थापना’मा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने डा पूर्णिमाको भनाइ छ । 

“आँखा वरपरको हड्डी भाँचिएको पुनःस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया हो”, डा पूर्णिमाले भने, “यसपटक ओस्टियोपोर सामग्रीको समेत प्रयोग गरेर फ्र्याक्चर पुनःस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण गरी छलफल गर्ने तयारी छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ