arrow

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छ: ऊर्जा मन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
shakti-basnet-news.jpg

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढ्न नसकिरहेका बेला ऊर्जा मन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन्। 

शुक्रबार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए । मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताए । 

विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।

मन्त्री बस्नेतले भने, ‘अब राष्ट्रिय गौरवको आयोजनाहरू भनी सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानुनी व्यवस्था अलि विशिष्ट रूपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरूको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसङ्गमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एक पटक रिन्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ । र त्यो ढङ्गले छलफल हुनु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लाग्दछ । जे इन्फरमेशन आइराखेको छ, त्यो कुरा सही होइन । अझ हामी त साथीहरूलाई ६ महिना त्यही बसेर काम गरिदिनुस् भनेर अनुरोध गरी राखेका छौं । दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आइरहेका साथीहरूलाई पनि अरू ६ महिना बसेर काम गरिदिनुस् हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं । त्यस कारण अहिले हाम्रो स्प्रिड कम्तीमा २ वर्ष भन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरूलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभईकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ