पत्रकारलाई ल्यापटप र क्यामेरा किन्न प्रेस काउन्सिलले अनुदान दिने
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामेरा खरिदमा पत्रकारहरुलाई अनुदान दिने भएको छ । काउन्सिलले आज जारी गरेको सूचनाअनुसार ३० ओटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ ।
अनुदानमा एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामेरा ओटा खरिदमा ३० देखि ४० प्रतिशत र काउन्सिलले १० जनालाई लेखनवृत्ति, ७ जनालाई शोधपत्र लेखनमा सघाउनेछ ।