arrow

पशुपति कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
laxmi-pun-pashupati.jpg

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । उच्च अदालत पाटनले पुनको नियुक्ति बदर गरेको हो । 

उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले कोषका भरत मरासिनीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले पुसको पहिलो साता पुनलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

उच्च अदालतले कार्यकारी निर्देशक हुन आवश्यक योग्यता अपुग रहेको भन्दै सो आदेश दिएको हो । पुनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने पशुपति क्षेत्र विकाश कोषको पुस ४ गतेको निर्णय र पुस ५ गतेको नियुक्तिविरुद्ध मरासिनीले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

पशुपति क्षेत्र विकाश कोषको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली २०४५ को नियम ९४ क मा अधिकृत स्तर विशिष्ट श्रेणीको कार्यकारी निर्देशक रहने व्यवस्था रहने उल्लेख छ। नियम ९४ खमा योग्यताबारे व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ