arrow

कानूनले काम गरेको भए ठूलाबडा नेताहरू जेलमा हुन्थे: चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू जेलमा हुने बताएका छन् । मङ्गलवार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेताहरूले अहिले मुलुक चलाउन नसकेको बताए । उनले भाषण गर्नेहरूले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए । उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको बताए ।

उनले भने, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरू जो हुनुहुन्छ । म आदर गर्दछु । उनहरूले समयमा आफ्नो बेलामा काम गर्नुभयो । तर अहिले मुलुक चलाउन सक्नुभएन । त्यस कारण भाषण गर्नेहरूले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरूको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरू, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरू र राजनीति गर्ने धेरै नेताहरू आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो । राजनीतिक पार्टीहरू आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्न सक्छ । यो देशमा कानुनले काम गर्न सक्छ । यो देशमा कानुनले काम गरेको भए ठुलाबडा कर्मचारीहरू, ठुलाबडा लामो समय राजनीतिक गरेकाहरू धेरैजसो जेलमा भेटिन्थे ।’

नेता भण्डारीले विकास निर्माणमा नेताहरूको क्षमता नपुगेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ