arrow

शेखरको निवासमा गगन र सिटौला

logo
विवेक मिश्र,
प्रकाशित २०८० माघ १० बुधबार
koirala-niwas-biratnagar.jpg

काठमाडौँ ।  नेपाली  कांग्रेस नेता शेखर कोइरालाको निवास विराटनगरमा कांग्रेस महामन्त्री गगन थापा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पुगेका छन् । 

कोइरालाले आफ्नो निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेता त्रयबीच भेटघाट भएको हो । प्रदेश सभा सदस्य इन्दिरा थापाका कोइरालाले चियापानको आयोजना गरेका हुन् । 

चियापानमा चियापानमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्व मन्त्री मिनेन्द्र रिजालसँगै , सांसद रामहरि खतिवडा, पूर्वमन्त्री एवं कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्मा, प्रदेश सांसदहरु लगायतको सहभागीता रहेको थियो । 

आउँदो राष्ट्रियसभा सदस्य निर्वाचनमा सिटौला कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । 

आज बिहान  कोइराला निवासमा भएको चियापानमा कार्यक्रममा बधाई साटासाट भएको छ । दुवै नेताले सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधाई दिएका छन् । 

महामन्त्री थापा जनताका समस्या बुझ्न संवाद यात्राका लागि पूर्व निस्किएका हुन् ।  आगामी माघ १३ गते  झापाको भद्रपुर मेची पुलबाट गगनले उक्त अभियान थाल्ने तयारीमा छन् ।  

यसअघि सिटौलाका पक्षमा रहेका गगन थापा कोइराला समूहमा गएका थिए । नेतात्रयको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ