arrow

लोककल्याणकारी विज्ञापनमा प्रेस काउन्सिल पूर्वाग्रही बनेको अनलाइन पत्रकार संघको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
press-council.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अनलाइन पत्रकार संघले लोककल्याणकारी विज्ञापनमा प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको आरोप लगाएको छ । 

काउन्सिलले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति संघले आपत्ति जनाएको हो । 

प्रेस विज्ञप्ति जारी गर्दै संघले आजको युग सूचना प्रविधिको भएको भन्दै पछिल्लो समय अन्य सञ्चारमाध्यमभन्दा अनलाइन र विद्युतीय पत्रकारिताको दायरा थप फराकिलो बन्दै गइरहेको सन्दर्भमा देशमा आर्थिक संकट बढिरहेको विषम परिस्थितिमा पत्रपत्रिकासहित अन्य विद्युतीय र अनलाइन सञ्चारमाध्यमहरु पनि चरम संकटमा रहेको उल्लेख गरेको छ । 

सोही सन्दर्भलाई जोड्दै संघले अगाडि भनेको छ, ‘प्रेस काउन्सिल नेपालले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यू मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको संघको ठहर छ ।’

संघले अन्त्यमा भनेको छ, ‘तसर्थः सञ्चारमाध्यमको नियामक निकायले आगामी दिनमा सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न संघ जोडदार माग गर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ