arrow

स्वीडेनको नाटो प्रस्तावमा टर्किएको अनुमोदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
Turkey-threatens-to-block-Sweden-and-Finland-from-joining-NATO.jpg

काठमाडौँ । टर्किएका सांसदहरूले नाटोको ३२ औँ सदस्य बन्ने स्विडेनको प्रस्तावमा लामो समयदेखि ढिलाइ भएको विधेयकलाई अनुमोदन गरेका छन् । 

टर्किएको संसद्ले ग्राण्ड नेशनल एसेम्बलीमा बहसपछि विधेयकमा मतदान गरेको थियो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए ।

 जसमा पक्षमा २८७, विपक्षमा ५५ मत थियो । चार मत अनुपस्थित रहेको थियो । 

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले केही दिनभित्रै उक्त विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । 

टर्किएको संसद्को अनुमोदनलाई स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले स्वागत गरेका छन् । 

रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान शुरु गरेपछि स्वीडेन र फिनल्यान्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ