arrow

ममताको टीएमसी एक्लै मैदानमा, विपक्षी इन्डिया गठबन्धन संकटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
mamata-manerjee-twitter.jpg

दिल्ली । भारतको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कांग्रेस टीएमसी एक्लै चुनावी मैदानमा खडा हुने भएको छ । ममताले बुधबार यसको घोषणा गरेकी हुन् । 

उनको यो घोषणाले विपक्षी ‘इन्डिया’ गठबन्धन विशेष गरी कांग्रेस आईलाई नराम्रो झड्का लागेको छ । भएको गठबन्धन छाडेर ममताले कुन रणनीति अपनाउन खोजेकी हुन् भन्ने चासो बढेको छ । 

पश्चिम बंगालमा ४२ लोकसभा सिट छन् । त्यहाँ अब तृणमूल कांग्रेसले कसैसँग सहकार्य नगरी एक्लै चुनावी मैदानमा उत्रने भएको हो । 

सिट बाँडफाँटलाई लिएर पछिल्लो समय खिचातानी बढिरहँदा ममताले भनिन्, ‘मैले कांग्रेसलाई सिट बाँडफाँटको प्रस्ताव दिएकी थिएँ तर उनीहरुले पहिले नै खारेज गरिदिए । अब हाम्रो पार्टीले बंगालमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’

विभिन्न स्रोतका अनुसार ममताले कांग्रेसलाई ४२ मध्ये २ सिटमा चुनाव लड्न प्रस्ताव गरेकी थिइन् । यसलाई कांग्रेसले ठाडै अस्वीकार गरेको हो । 

यसै वर्ष निर्वाचन हुँदैछ । त्यसका लागि भारतीय राजनीति भित्रभित्रै तातिरहेको छ । केन्द्रमा फेरि पनि भारतीय जनता पार्टी भाजपाको पकड हुने अनुमान गरिएको छ । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ