arrow

पैसठ्ठी ओटा विस्फोटक पदार्थ सेनाले गर्‍यो निष्क्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
exposive-army-2080-10-13.jpg

काठमाडौँ । नेपाली सेनाले ६५ ओटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान छ । सङ्खवासभा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब  परीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ