arrow

चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिनुपर्ने छैन : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
mohan-basnet-10-10.jpg
तस्बिर-फाइल

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र मुलुकलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन जरुरी रहेको बताएका छन् । 

२१५१औँ ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बस्नेतले साविक अञ्चल अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउन दिने मन्त्रालयको निर्णय छिट्टै कार्यान्वयन हुने बताए । 

उनले भने, “मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पठाइसकेको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकाले ऐन परिवर्तन गरेर पाँच वर्षभित्रै नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्छौँ ।”

एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्स र प्यारामेडिक्सको अध्यापन हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एममिबिबिएस एवम्  विशेषज्ञ चिकित्सकको पढाई गर्ने मन्त्रालयको निर्णयको छिट्टै कार्यान्वयन गर्ने उनको भनाइ थियो । 

उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशीनुपर्ने बाध्यता हट्ने बताए । “चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुनेछ”, मन्त्री बस्नेतले भने । 

उनले नेपालमा मेडिकल कलेज र अस्पतालसँग वर्षमा पाँच हजारभन्दा बढी एमबिबिएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण एक हजार नौ  सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ