arrow

घाना भ्रमण गर्न भिसा नचाहिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
africa.png

काठमाडौँ । घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा-मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ । राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो-एड्डोले यस्तो घोषणा गरेका हुन् । 

उनले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा-मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । यस वर्षबाट अन्त्यसम्ममा यो नीति लागू गर्न लागिएको बताए । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको बताए ।

नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमूलक हुनुपर्ने बताए । उनले यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ