arrow

कम बोलेर गुनासो सुन्दै गगन [फोटोफिचरसहित]

स्थानीयको व्यापक सहभागिता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
gagan-sambad-yatra-2080-10-14 (21).jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यतिबेला स‌ंवाद यात्रामा छन् । उनले शनिबार बिहान झापाको मेची पुलमा कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ को शुभारम्भ गरेपछि निरन्तर संवाद यात्रालाई जारी राखेका हुन् । 

महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौला र १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहितका नेताहरु झापाको संवाद यात्रामा जोडिएका थिए । 

पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो सुन्न र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा थालेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) दृढतासहित गगन अगाडि बढिरहेका छन् । 

औपचारिक कार्यक्रममा नअल्झने नीति तय गरेरै गगन अगाडि बढिरहेका छन् । सो क्रममा उनी कहिले गोठमा पुग्छन् त कहिले किरिया पुत्री घरमा पुग्छन् । 

यात्राका लागि तय भएको उनको संवाद मार्गमा पर्ने स्थानीयका दुःख सुखमा उनी साथ दिएर हिँडिरहेका छन् । 

स्थानीयले पनि कसैले गुनासो सुनाएका छन् । कसैले समूहमा लेखेरै ज्ञापन बुझाएका छन् । गगनले यसलाई सहजै लिएर उचित माग कार्यान्वयन गर्नका लागि पहल गर्ने पनि बताइरहेका छन् । 

उनले पटक पटक सम्बोधन गर्दै भनिरहेका छन् – म मेरा कुरा सुनाउन हैन तपाईहरुका कुरा सुन्न आएको हुँ ।

उनको यो संवाद यात्रा माघ २६ गतेसम्म चल्नेछ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । 

‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गरेकै कारण गगनलाई स्थानीयले भन्न थालेका छन् – हाम्रा गुनासा पनि नेताले सुन्दा रैछन् । 

त्यसैले अहिले गगन तगडा भाषणमात्र गर्दैनन् गुनासो सुन्ने नेताका रुपमा पनि स्थापित हुँदैछन् । 

कतिपय राजनीतिक विश्लेककहरु भने गगनको यो कदमलाई भविष्यमा पार्टी र देश हाँक्ने नेताका रुपमा पनि बुझ्न थालेका छन् ।  

कांग्रेसको समुदायमा कांग्रेस अभियानका लागि सबैजसो केन्द्रीय नेताहरु खटिएका छन् । यसले कांग्रेसको शाखलाई अझ बजबुद बनाउने विश्वास लिइएको छ । 

gagan-sambad-yatra-2080-10-14 (1).jpg
gagan-sambad-yatra-2080-10-14 (2).jpg
gagan-sambad-yatra-2080-10-14 (3).jpg
gagan-sambad-yatra-2080-10-14 (4).jpg
gagan-sambad-yatra-2080-10-14 (5).jpg
gagan-sambad-yatra-2080-10-14 (6).jpg
gagan-sambad-yatra-2080-10-14 (7).jpg
gagan-sambad-yatra-2080-10-14 (8).jpg
gagan-sambad-yatra-2080-10-14 (9).jpg
gagan-sambad-yatra-2080-10-14 (10).jpg
gagan-sambad-yatra-2080-10-14 (11).jpg
gagan-sambad-yatra-2080-10-14 (12).jpg
gagan-sambad-yatra-2080-10-14 (13).jpg
gagan-sambad-yatra-2080-10-14 (14).jpg
gagan-sambad-yatra-2080-10-14 (15).jpg
gagan-sambad-yatra-2080-10-14 (16).jpg
gagan-sambad-yatra-2080-10-14 (17).jpg
gagan-sambad-yatra-2080-10-14 (18).jpg
gagan-sambad-yatra-2080-10-14 (19).jpg
gagan-sambad-yatra-2080-10-14 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ